टिकटकर रतन कार्की प्रहरी नियन्त्रणमा

काठमाडौं । मौन अवधिमा उम्मेदवारको तस्वीर सामाजिक सञ्जालमा राख्दै आचारसंहिता उल्लंघन गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालका अनुसार उनलाई सोधपुछ गरेर छाडिएको हो ।

उम्मेदवारका तस्वीरहरू सामाजिक सञ्जालबाट हटाउन लगाएर उनलाई प्रहरीले छाडेको हो ।

टिकटकर कार्कीले विभिन्न उम्मेदवारका तस्वीर मौन अवधिमा पनि सार्वजनिक गर्दै आएका थिए ।