निर्वाचनको विरोध गर्ने १६० जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले निर्वाचलाई प्रभाव पार्ने कार्यमा संलग्न १६० जनालाई पक्राउ गरेको छ। प्रहरीले सूचना जारी गरी निर्वाचनलाई प्रभाव पार्ने विरोध लगायतमा संलग्न १६० जनालाई पक्राउ गरेको जनाएको
हो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई निर्वाचनलाई भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन निर्देशन दिएका थिए। प्रतिनिधिसभा निर्वाचन बिहीबार हुँदैछ।