बैंक तथा बित्तिय संस्था आज खुला रहने: निर्वाचन आयोग

काठमाडौं।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ।

आज हुने निर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको थियो। यो सँगै फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदा पनि परेकोले सो अवधिमा वित्तीय सेवामा असर पर्न नदिन आयोगले आवश्यक व्यवस्था मिलाएको जनाएको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ। नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उमेदवारका निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्ने आवश्यक व्यवस्था मिलाएको छ।

मुलुकभरका मतदाताले एकैपटक मतदान गर्ने दिन भएकाले आज एक दिन वित्तीय एवं बैंकिङ सेवा सञ्चालन हुने छैन। भोलीदेखि वित्तिय संस्थाहरु यथावत् सञ्चालन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।