मतदानपछि प्रचण्डले भने-नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका-१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट उनले मतदान गरेका हुन्।
यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् ।उनले आफैँलाई भने मत दिन पाएनन् । उनी यसपछक रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।
मतदानपछि उनले भने,नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन। नयाँ र पुराना होइन,सही र गलत भन्ने भाष्य बनाउनु पर्यो।उनले दलहरूको योजना र कार्यक्रमका आधारमा नयाँ पुरानो भनिनु पर्नेमा पनि जोड दिए। सबैसँग म अपिल गर्छु-यो सवाल नयाँ र पुरानाको हुँदै होइन। सही र गलतको हो’,प्रचण्डले भने,कसको योजना के,कार्यक्रम के भनेर हेर्नुपर्छ। त्यसको आधारमा नयाँ पुरानो भन्ने हुने हो।
संयोजक प्रचण्डले राष्ट्र,जनता,लोकतन्त्र र प्रगतिको पक्षमा कुन दल छ भनेर पनि हेर्नुपर्ने उनले बताए। उनले सबैले विवेक प्रयोग गरेर सहीको पक्षमा उभिनु पर्ने पनि बताए। नयाँ र पुरानो भन्ने भाष्य जसरी बनाइएको छ,त्यो देश र लोकतन्त्रको हितमा छैन’,प्रचण्डले दोहोर्याउँदै भने, ‘सबैले आफ्नो विवेककको प्रयोग गरौँ। सहीको पक्षमा उभिऔँ।
