२ घण्टामा देशभर खस्यो साढे ८ लाख मत हाम्रो अनलाईन २१ फाल्गुन २०८२ सांकेतिक तस्वीर काठमाडौं । दुई घण्टाको अवधिमा देशभर साढे आठ लाख मत खसेको छ। देशभरका १६५ वटै निर्वाचन क्षेत्रका मतदानस्थलहरुमा ९ बजेको अवघिसम्ममा ८ लाख ५० हजार मत खसेको हो। प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान जारी छ । साँझ पाँचबजेसम्म मतदान हुनेछ।