दार्चुलाका २ मतदान स्थलमा अझै गएनन् मतदाता
काठमाडौं। दार्चुलाका दुई मतदान स्थलमा अझै मतदाता भोट हाल्न गएका छैनन्। अपी हिमाल गाउँपालिका-३ दुधीला र नौगाड गाउँपालिका-१ नागुस्थित गौरीशंकर मावि मतदानस्थलमा मतदाता भोट हाल्न नपुगेका हुन्।
दुधिला मतदानस्थलमा तीन सय ३६ र नागुमा ६ सय २ मतदाता रहेका छन्। निर्वाचन कर्मचारी र सुरक्षाकर्मी मतदाताको पखाईमा बसेका छन्।
जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिप सिंह धामीका अनुसार मध्यान्न १२ बजेसम्म कोही पनि मतदाता भोट हाल्नका लागि आएका छैनन्। अन्य मतदान स्थलमा भने मतदान जारी रहेको छ।
