पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खस्यो

सांकेतिक तस्वीर

काठमाडौं। पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ। विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो। यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो।

सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ।सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ।