निर्वाचन बिथोल्ने नेकपा बहुमत नेता पक्राउ

काठमाडौं। मतदान चलिरहेको समयमा निर्वाचन बिरोधी पर्चा वितरण गर्ने नेकपा बहुमतका दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवनको भरतपुर महानगरपालिका १० मा रहेको नारायणी नमुना माध्यमिक विद्यालय अगाडि निर्वाचन विरोधी पर्चा पम्लेट देखाउने क्रममा नियन्त्रणमा लिएको दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नेकपा बहुमतको जिल्ला सेक्रेटरी धादिङ गल्छी गाउँपालिका वडा नम्बर १ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका ०७ बसोबास गर्ने वर्ष २९ को सुमन श्रेष्ठ र नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनका चितवन संयोजक कालिका नगरपालिका ४ पदमपुर घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका १० बसोबास गर्ने वर्ष २१ को किरण गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट मोबाइल एक थान र पर्चा पम्प्लेट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।