२ बजेसम्म देशभरि खस्यो ६२ लाख मत,कुन प्रदेशमा कति?

काठमाडौं। बिहीबार दिउँसो २ बजेसम्म देशभरि ६२ लाख मत खसेको छ। देशभरिका १६५ निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्म ६२ लाख २० हजार ४२ मत खसेको हो। बिहान ७ बजेदेखि मतदान भइरहको छ।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा ४७ प्रतिशत मत खसेको छ। त्यसपछि गण्डकी प्रदेशमा ३९ प्रतिशत मत खसेको छ।
देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ। अहिलेसम्म जम्मा ३३ प्रतिशत मत खसेको छ।

