१०७ वर्षीय जनकलालले गरे मतदान

कैलाली । प्रतिनिधिसभा सदस्य चयन गर्न जारी निर्वाचनमा १०७ वर्षीय जेष्ठ नागरिकले पनि मतदान गरेका छन् । कैलालीको धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र पुगेर १०७ वर्षका जनकलाल दाहालले मतदान गरेका हुन्।

गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा भंग भएकाले प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार मतदान हुँदैछ।

यसअघि, आजै उदयपुरका १०२ वर्षीय जेष्ठ नागरिकले मतदान गरेका थिए। उदयपुरगढी नगरपालिका–६ जगरेटारका १०२ वर्षीय अमृतबहादुर कार्कीले नेपालटार माध्यामिक विद्यालयस्थित मतदान केन्द्र ९क० मा पुगेर मतदान गरेका थिए।