कांग्रेसले भन्यो-अब बन्ने सरकारलाई थप जिम्मेवार बनायो
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिवद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएको छ ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति गगन थापाले निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने मतदाताप्रति आभार व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यहाँहरूको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति तपाईंहरुको गहिरो विश्वासलाई पुष्टि गरेको छ भने अर्कातर्फ राजनीतिक दलहरू र अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको छ।
केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिएका छन्। निर्वाचन सफल बनाउन अहोरात्र खटिएका कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
