शान्तिपूर्ण ढंगले निर्वाचन गराएकोमा प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई धन्यवाद दिएका छन्। तमाम आशंका चिर्दै प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न गराउन सफल भएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सरकारलाई धन्यवाद दिएका हुन्।

प्रचण्डले भनेका छन्, ‘म नेपाल सरकार,राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी,सहभागी राजनीतिक दलहरू नागरिक समाज एवम संपुर्ण मतदाताहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले लोकतान्त्रिक प्रणालीलाई अझ सुदृढ बनाएको उनले बताएका छन्।

आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।