नेपाली कम्युनिस्ट आन्दोलनले फेरि धक्का खायो: घनश्याम भूसाल

काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले नेपालको राजनीतिमा नालायकहरू नसुध्रिएका कारण अर्को शासन आउन लागेको बताएका छन्।

हामी नालायकहरूले लफङ्गाहरूलाई शासन हस्तान्तरण गरेको यो क्षणमा अहिले हामी बाँचिराखेका छौँ। नेपालको राजनीतिमा नालायकहरूले नसुध्रिँदा खेरि,नालायकहरू हामीले हटाउन नसक्दखेरि यो मुलुकले नालायकहरूको शासन त भोग्यो,उनले भिडियो पोस्टमा भनेका छन्,अब लफङ्गाहरूको शासन भोग्ने दूर्दिन बेहोर्दै छ भन्ने मलाई लाग्छ। मैले यो लफङ्गाहरूको शासन भनेर एउटा जोखिमपूर्ण शब्द प्रयोग गर्‍या छु। भविष्यमा फिर्ता लिन परोस्।

नेपालका कम्युनिस्ट पार्टीहरूले अर्को ठूलो धक्का खाएको उनको भनाइ छ।हामीले अर्को डरलाग्दो धक्का फेरि खायौं । मुलुकको राजनीतिले खायो,उनले भनेका छन्,कम्युनिस्ट पार्टीको नालायकीले नेपालको राजनीति त्यस अर्थमा नेपालको भविष्य बिग्रँदै गइराख्या छ।

हामी सबैको यो चिन्ताको विषय हो।उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालको नीतिका कारण यो अवस्था आएको उनको आरोप छ।

‘कमरेड ओली र कमरेड प्रचण्ड पार्टीको कार्यकारी भूमिकामा रहेसम्म कम्युनिस्ट आन्दोलन अगाडि जान सक्दैन,उनको आरोप छ, ‘उहाँहरूको छायामा, नेतृत्वमा आन्दोलनमा अगाडि जाँदैन । यो नेतृत्व जति दिन रहन्छ यसले घुँडा टेकिरहने छ । धोका खाइरहने छ ।