यी हुन् रास्वपाबाट अग्रता लिने ३२ उम्मेदवार (नामसहित)
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अपडेट आउने क्रम जारी रहेको छ । प्रारम्भिक मतगणना अपडेटअनुसार रास्वपाले अग्रता लिएको छ।
चितवन २ मा सभापति रवि लामिछानेले अग्रता लिएका छन् भने झापा ५ मा वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् ।रास्वपाले मतगणना सुरु भएकामध्ये ३२ स्थानमा अग्रता लिएको छ।
रास्वपाबाट काठमाडौं १ मा रञ्जु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ३ मा राजुनाथ पाण्डे, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ विराजभक्त महर्जन, काठमाडौं १० मा प्रदिप विष्टले अग्रता लिएका छन्।
भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ। भक्तपुर १ मा रुकेश रञ्जित र भक्तपुर २ मा राजीव खत्रीले अग्रता लिएका छन्।
मोरङ १ मा यज्ञमणी न्यौपाने, मोरङ ४ मा सन्तोष राजवंशी, मोरङ ५ मा आशा झा, धनुषा ३ मा मनिष झा, रौतहट ४ मा गणेश पौडेल, बारा ३ मा अरविन्द साह, ललितपुर २ मा जगदीश खरेल, चितवन ३ मा सोविता गौतम, कास्की १ मा खडकराज पौडेल, कास्की २ मा उत्तमप्रसाद पौडेल कास्की ३ मा बिना गुरुङ, रुपन्देही २ मा सुलभ खरेल, रुपन्देही ३ मा लेखजङ्ग थापा, दाङ १ मा देवराज पाठक, बाँके १ मा सुरेशकुमार चौधरी, बाँके ३ मा खगेन्द्र सुनार र कञ्चनपुर २ मा दिपकराज बोहराले अग्रता लिएका छन्।
