रौतहट-४ मा रास्वपाका पौडेल अगाडी,ऋषि धमलाको केवल ६ मत
काठमाडौं । रौतहट-४ मा उम्मेदवार बनेका पत्रकार ऋषि धमला धेरै पछि परेका छन् । प्राप्त पछिल्लो मत गणनाको अपडेट अनुसार धमलाले केवल ६ मत प्राप्त गरेका छन्। उनी आम जनता पार्टीबाट उम्मेदवार बनेका थिए।
यस क्षेत्रमा रास्वपाका गणेश पौडेलले १९०८ मत प्राप्त गरेर अगाडी छन्। त्यस्तै काँग्रेसका देवप्रसाद तिमल्सेनाले ५३६, नेकपाका राम कुमार भट्टराईले ३७८ मत प्राप्त गरेका छन्।
