यी हुन् कांग्रेसले अग्रता लिएका ५ क्षेत्र
काठमाडौं । रास्वपाले पुराना दलमाथि अग्रता बढाइरहेको जारी मतगणनामा नेपाली कांग्रेस ५ क्षेत्रमा अगाडि देखिएको छ । कांग्रेस तेह्रथुमका उम्मेदवार सन्तोष सुब्बा १६२५ मतको साथ अग्रतामा छन्।
ललितपुरमा १ कांग्रेसका उदयशमशेर राणाले १५५१ मत प्राप्त गरी अग्रता कायम गरेका छन्। मुस्ताङमा योगेश गौचन थकाली १५९२ मत प्राप्त गरी अग्रता लिइरहेका छन्। २०७९ मा योगेश ३९९२ मत प्राप्त गरी विजयी भएका थिए। कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह ७६५ मतसहित अग्रता लिइरहेका छन् । कैलाली १ मा कांग्रेसका जनकराज चौधरी ३४८ मतसहित अगाडि छन्।
रास्वपाले देशभरका मतगणना भएकामध्ये ४२ क्षेत्रमा अग्रता लिइरहेको छ। निर्वाचन आयोगको अनुसार एमालेले ३ र नेकपाले एक स्थानमा अग्रता लिइरहेको छ । रास्वपाले अग्रता लिइरहेका क्षेत्रमा धेरै मतले उम्मेदवार अगाडि छन्।
