बहुमतको बाटोमा रास्वपा,कसको कति सीटमा अग्रता ?

काठमाडौं। बिहीबार देशभर भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। मतगणनाको प्रारम्भिक रुझानमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बहुमततर्फ अघि बढेको छ।

मध्यरातबाट सुरु भएको मतगणनाको बिहान ९ बजेसम्मको अपडेटमा रास्वपा कम्तीमा ४२ निर्वाचन क्षेत्रमा फराकिलो मतसहित अग्रता लिइरहेको छ।

काठमाडौंका १५ मध्ये १४ क्षेत्रमा रास्वपाले अग्रता कायमै राखेको छ। त्यस्तै सभापति रवि लामिछाने, बरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहसहितका उम्मेदवारले पनि अग्रता लिइरहेका छन्।

गणना जारी रहेका क्षेत्रमा एमालेले ५, कांग्रेसले ५ र नेकपाले १ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन्। श्रम संस्कृति पार्टीले पनि एक सीटमा अग्रता लिएको छ। अहिले मतगणना भइरहेका अधिकांश निर्वाचन क्षेत्र काठमाडौँ उपत्यकासहित तराई र सहरी क्षेत्रका छन्।

पहाडी र हिमाली जिल्लाको मतगणना आज बिहानबाट अधिकांश ठाउँमा सुरु हुँदैछ। रास्वपाले अग्रता लिएका क्षेत्रको मतान्तर निकै फराकिलो छ भने अन्य दलको अग्रता झिनो मतले देखिन्छ।