मतगणनास्थलमै रास्वपा नेताको मृत्यु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मोरङका जिल्ला सदस्य दुर्गा रेग्मीको निधन भएको छ। मोरङ क्षेत्र नम्बर २ को मतगणना स्थलमा नै ढलेका उनको मृत्यु भएको हो।
उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेका थिए। बिहान मतगणना सुरु भएको केही समय पछि ढलेका रेग्मीको घटना स्थलमा नै मृत्यु भएको हो।
उनको हृदयघातको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए। अहिले मृतकको शवलाई पोष्टमार्टमको लागि कोसी अस्पतालमा ल्याइएएको छ।
