झापा ५ मा ओलीभन्दा चार गुणा बढी मतले बालेन अगाडि
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा अग्रता बढाउँदै लगेका छन्। मतगणनाको प्रारम्भमै अगाडि देखिएका उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको मतान्तर बढाउँदै लगेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार बालेनको मत पाँच हजार २५४ पुगेको छ।
उनलाई ओलीले एक हजार २४८ मतका साथ पच्छ्याइ रहेका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार समिर तामाङ ३२५ मतका साथ तेस्रो स्थनामा छन्।
यहाँ नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १८५ र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ मत पाएका छन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार लक्ष्मीप्रसाद संग्रौलाले १११ मत पाउँदा जनमतका अमृतलाल महतोले १४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त सम्पाङ (राई)ले १० मत पाएका छन्। अन्य उम्मेदवारहरूले दुई अंकको योगफल जोड्न सकेका छैनन्।
