सर्लाही-४ मा अमरेशले बढाए मतान्तर,गगन ११३३ मतले पछि
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले आफ्नो मतान्तर बढाउँदै लगेका छन्।
पछिल्लो अपडेट अनुसार, रास्वपा उम्मेदवार अमरेश कुमार सिंहले २८४७ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गगन कुमार थापाले १ हजार ७१४ मत प्राप्त गरेका छन्। उनीहरूबीच १ हजार १३३ को मतान्तर छ।
तेस्रोमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव छन्। उनले ४१० मत प्राप्त गरेका छन् भने चौथोमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले १२८ मत प्राप्त गरेका छन्। मतगणना जारी छ।
