झापा–५ मा ५ हजार बढी मतान्तरले अघि बालेन

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन्।

पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार मन्धरा चिमरियाले २१६ मत प्राप्त गरेकी छिन् भने नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन्।