ओली र बालेनबीचको मतान्तर झनै बढ्यो

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले ३२ हजार ३ सय ३६ मत पुर्‍याएका छन् । ५१ हजार ६ सय ९८ मतगणना हुँदा उनले निकटतम प्रतिस्पर्धी भन्दा करिब ३ गुणा बढी मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८ हजार ५ सय १८ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर २३ हजारभन्दा बढी पुगेको छ ।

झापा–५ मा तेस्रो मत श्रम संस्कृति पार्टीका समीर तामाङले पाएका छन् । उनले ५ हजार ४ सय ७८ मत पाउँदा काँग्रेसका मन्धरा चिमरियाले ९ सय ३० मत पाएकी छन् ।

नेकपाका रञ्जित तामाङले ८ सय ३१ मत पाएका छन् । झापा क्षेत्र नम्बर ५ मा २४ उम्मेदवार छन्।