आज फागुन २३ गते शनिबार,यस्तो छ तपाईको राशिफल

मेष- आज कुनै नयाँ कामको सुरुवात गर्नु लाभदायक हुन सक्छ । काम प्रति उत्साह बढ्नेछ र त्यसबाट आर्थिक लाभ पनि मिल्ने संकेत छ । सन्तान पक्षबाट सुखद समाचार प्राप्त हुन सक्छ। परिवारमा सामान्य आर्थिक दबाब देखिए पनि योजनाबद्ध रूपमा अघि बढ्दा व्यापार तथा कामकाजमा फाइदा हुने सम्भावना छ।

वृष- आज अनावश्यक चिन्ता वा डरले सताउन सक्छ, त्यसैले सतर्क रहनु राम्रो हुन्छ । कसैसँग सामान्य मनमुटाव हुन सक्ने योग छ। निर्णय लिन ढिलाइ हुँदा काममा अवरोध आउन सक्छ। स्वास्थ्य प्रति पनि ध्यान दिनुहोस्, चोट पटक वा अचानक स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना छ।

मिथुन- आज तपाईंलाई अरूबाट सम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ र विशेष व्यक्तित्वहरूसँग चिनजान बढ्न सक्छ। जागिरमा भने मन खासै नलाग्न सक्छ, तर आफ्नो क्षमता प्रयोग गरेमा काममा सफलता र प्रतिष्ठा बढ्ने योग देखिन्छ।

कर्कट- आज सोचेका कामहरू पूरा हुँदै जाँदा मनमा सन्तोष र खुसी बढ्नेछ । आर्थिक कारोबार राम्रो हुने सम्भावना छ । परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ । दाम्पत्य जीवन सुखद रहनेछ भने कृषि तथा परोपकारी कार्यमा लगानी गरेमा राम्रो परिणाम मिल्न सक्छ।

सिंह- आज अप्रत्याशित रूपमा लाभ हुने सम्भावना छ । विभिन्न निम्तो वा सामाजिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ। परिवारमा सामान्य विवाद हुन सक्ने संकेत देखिन्छ । खानपानमा सावधानी अपनाउनु राम्रो हुनेछ। सम्मान तथा उपहार प्राप्त हुने योग पनि रहेको छ।

कन्या- आज अल्छीपन र स्वास्थ्य समस्याले काममा ढिलासुस्ती हुन सक्छ। विशेष गरी पेट सम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक छ। खर्च बढ्ने सम्भावना पनि देखिन्छ। केही परिस्थितिमा बाध्य भएर सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ।

तुला- आज परिश्रम अनुसार राम्रो उपलब्धि प्राप्त हुनेछ। रोकिएका कामहरू फेरि सुरु हुने सम्भावना छ। घरमा पाहुनाको आगमनले वातावरण रमाइलो बन्न सक्छ। बुद्धि र समझदारी प्रयोग गर्दा महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। परिवारजनको अपेक्षा पूरा गर्न सकिने दिन छ।

वृश्चिक- आज सोचेका कामहरूमा सफलता मिल्ने र आर्थिक लाभ हुने योग छ। कसैको सहयोग र समर्थन प्राप्त हुन सक्छ । पुराना साथीसँग भेटघाट हुँदा मन प्रसन्न रहनेछ। परिवारबाट पनि सुख र साथ प्राप्त हुनेछ।

धनु- आज सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ, तर सामाजिक सम्मान प्राप्त हुने सम्भावना छ। यात्राको योग देखिन्छ र त्यसबाट लाभ पनि हुन सक्छ । दिनभरि भेटघाट, भ्रमण तथा मनोरञ्जनमा समय बित्ने सम्भावना छ।

मकर- आज आर्थिक पक्ष कमजोर देखिन सक्छ। अनावश्यक वा योजना बाहिरका खर्च बढ्न सक्छन्, त्यसैले सावधानी अपनाउनु राम्रो हुन्छ । सामान्य स्वास्थ्य समस्या आउन सक्छ । भौतिक वस्तु वा सर सामानमा क्षति हुने सम्भावना भएकाले सचेत रहनु आवश्यक छ।

कुम्भ- बिहानको समय सुखद रहनेछ, तर दिनको अन्त्यतिर काममा उत्साह घट्न सक्छ । मेहनत गरेमा पहिले असम्भव देखिएको काम पनि सफल हुन सक्छ। आफन्त वा नजिकका व्यक्तिसँग भेटघाटले मन प्रसन्न हुनेछ । केही काम भने अपेक्षाअनुसार पूरा नहुन सक्छन्।

मीन- आज आर्थिक लाभ हुने सम्भावना बलियो देखिन्छ । नयाँ आम्दानीका अवसरहरू खुल्न सक्छन् र व्यापार व्यवसायमा राम्रो फाइदा मिल्न सक्छ। आवश्यक तथा फलदायी यात्राको योग पनि रहेको छ । सकारात्मक सोच र व्यवहारिक निर्णयले दिन सफल बन्नेछ।