जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत १
काठमाडौं। देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर चलिरहेका बेला जुम्लामा भने राप्रपाले बाजी मार्ने देखिएको छ। पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व सांसद ज्ञानबहादुर शाहीले भारी मतको अग्रता बढाएका छन्।
राप्रपाका शाहीले १० हजार ६३२ मत पाउँदा देशभर लहर चलाएको रास्वपाकी विनिता कठायतले २३० मत मात्र पाएकी छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नरेश भण्डारीले ६ हजार ८२६ मत पाएका छन् भने नेपाली कांग्रेसका दिपबहादुर शाहीले चार हजार १५१ मत पाएका छन् भने नेकपा एमालेका शान्तिलाल महतले २ हजार ८८४ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका विर्षबहादुर राउतले २९७ मत पाएका छन्।
