झापा ५ मा ओली फराकिलो मतान्तरले पछाडि
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली अघिल्लो पटक आफूले पराजित गरेका निकटतम प्रतिस्पर्धीको भन्दा फराकिलो मतान्तरले बालेन शाहसँग पछाडी परेका छन्।
बालेन शाहले ३९ हजार २८४ मत पाउदा ओलीले १० हजार २९३ मतमात्रै पाएका हुन्। अहिले मतगणना जारी छ। यो २८ हजार ९९१ मतको फरक हो।
अघिल्लो निर्वाचनमा ओली २८ हजार ५७६ मतको फरकले निर्वाचित भएका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ५२ हजार ३१९ मत पाउदा निकटतम प्रतिस्पर्धी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए। अहिलेसम्म ६२ हजार मत गणना भएको छ। झापा ५ मा कुल १ लाख ६३ हजार मतदाता छन्।
