जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भएका छन्।
निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डालाई पराजित गर्दै शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। विजयी शाहीले १४ हजार ८१६ मत प्राप्त गरे।
उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले ११ हजार ६३६ मत प्राप्त गरे। भण्डारी शाहीसँग ३ हजार १ सय ८१ मतले पछि परे।
