गौरीबहादुर कार्कीले भने-प्रतिवेदन कार्यान्वयन भए देशको मुहार फेरिन्छ

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनाबारे जानविन गर्ने गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन।

त्यसक्रममा आयोगका अध्यक्ष कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देखेको हो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए। भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेका छौँ,’ उनले भने।

सरकारको कुशासनको कारण भदौ २३ गते जेनजी आन्दोलन भएको उनले बताए। ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ।

न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ, उनले भने, ‘न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले आक्रोश बढेको पाइएको छ। यो प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ।