हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं: कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताएका छन्।
सामाजिक संजालमा लेख्दै थापाले हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्न तयार हुने भए आफ्नो पार्टीका ५ सांसदको पूर्ण समर्थन रहने बताएका हुन्।
‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ। थापाले लेखेका छन्, ‘यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहने छ।
प्रत्यक्षमा एक सिट जितेको राप्रपाले समानुपातिकतर्फ ४ सिट जित्ने पक्का भएको छ।

