आज चैत्र ०२ गते सोमबार,यस्तो छ तपाईको राशिफल
मेष- सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग रहेको छ । मान्यजन वा अभिभावक वर्ग रुष्ट हुन सक्ने सम्भावना छ। जग्गा जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेहरूको कमी हुने छैन। आकस्मिक यात्राको सम्भावना देखिन्छ।
वृष- शरिरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न हुन सक्छ। मानसिक तनाव बढ्ने सम्भावना छ। आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुका साथै शरिरमा आलस्यता बढ्नेछ । विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्ने सम्भावना छ।
मिथुन- मनग्य धन कमाउने अवसर मिल्नेछ । अरूको मन जित्न सजिलै सकिनेछ। आम्दानी बढ्ने तथा उठ्नु पर्ने रकम हात लाग्ने समय छ। कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । तर काममा रुचि घट्न सक्छ र मनमा नकारात्मक विचार आउन सक्छन्।
कर्कट- अरूबाट तपाईंका कामको उच्च मूल्यांकन हुने संकेत देखिन्छ। बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइनेछ। राम्रो कामका लागि अनुकूल वातावरण बन्नेछ। दिन दुःखीलाई दिएको सहयोगले रोकिएका काम बन्न सक्छन् । धन लगानी गर्ने अवसर प्राप्त हुन सक्छ।
सिंह- व्यवसायिक क्षेत्रमा लाभप्रद समय रहेको छ । पुराना इष्टमित्र तथा प्रेमी प्रेमिकासँग भेटघाट हुने सम्भावना छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोग, पुरस्कार र हौसला बढ्नेछ। बिग्रिएका कामहरू बन्नेछन्।
कन्या- बोलीको विपरीत अर्थ लाग्न सक्छ, त्यसैले बोलीलाई नियन्त्रणमा राख्नु उचित हुनेछ। व्यापारमा केही हानी व्यहोर्नु पर्ने सम्भावना छ । कर्मचारीले अपजस सहनु पर्न सक्छ । यात्रा जोखिमपूर्ण बन्न सक्छ, त्यसैले यात्रा नगरेकै राम्रो हुन्छ। विश्वास गरेका व्यक्तिबाट विश्वासघात हुने सम्भावना पनि देखिन्छ। यद्यपि समाजमा प्रतिभाको कदर हुनेछ।
तुला- विश्वास गरेका व्यक्तिबाट विश्वासघात हुने सम्भावना छ। पारिवारिक समस्याले मन खिन्न हुन सक्छ। अध्ययन, अध्यापन तथा लेखनमा खासै रुचि नदेखिन सक्छ । चोट पटकको भय पनि देखिन्छ। माता पिताको स्वास्थ्यमा केही कमजोरी आउन सक्छ। सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ।
वृश्चिक- मिष्ठान्न भोजन प्राप्त हुने सम्भावना छ । पठन पाठनमा प्रगति हुनेछ । नसोचेका कामहरू बन्नेछन् । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता बढ्नेछ। विपरीत लिङ्गीबाट सहयोग प्राप्त हुनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ। कर्म प्राप्तिको योग रहेकोले राम्रै सफलता मिल्नेछ।
धनु- समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । व्यवसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषजनक रहनेछ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने अवसर मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित हुन सक्छन् ।
मकर- सानातिना काम तथा घरेलु समस्यामै समय बित्न सक्छ । प्रत्येक काममा बाधा अड्चन आउने सम्भावना छ । वादविवादमा फस्ने तथा प्रतिफल नआउने क्षेत्रमा लगानी हुन सक्छ। यद्यपि बौद्धिक र सृजनात्मक क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आएर दैनिक कामकाजमा असर पर्ने सम्भावना छ ।
कुम्भ- सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार तथा धार्मिक कार्यतर्फ मन जानेछ । दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने संकेत देखिन्छ। आम्दानी उल्लेख्य रूपमा बढ्नेछ । पारिवारिक सुख प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ।
मीन- काममा माता पिताको सहयोग प्राप्त हुनेछ । माता पिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित बनाउन सक्छ। सवारी साधन प्राप्तिको योग छ। व्यापारमा लाभ हुनेछ । धर्म कर्ममा रुचि बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि समय उत्साहजनक रहनेछ।
