प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल पक्राउ
काठमाडौं। प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोललाई पक्राउ गरेको छ। बैंकिङ कसुरको आरोपमा डंगोललाई मंगलबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।
उनीमाथि नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत काम गरेको आरोप छ।उनले प्रभु बैंकबाट प्रवाह भएको कर्जाको दुरूपयोग गर्नेरगराउने कसुर गरेको आरोप छ।
उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।ब्युरोले प्रभु बैंकमा भएको हिनामिना प्रकरणमा यसअघि तत्कालीन सिइओ अशोक शेरचनमाथि पनि अनुसन्धान अघि बढाएको छ।
त्यस्तै प्रभु म्यानेजमेन्टका पूर्वसेयरधनी तथा लेखा शाखामा कार्यरत हेमकुमार महाजुमाथि पनि ब्युरोले अनुसन्धान गरेको थियो।
