हेलिकोप्टर दुर्घटनामा पाइलटसहित ६ जना घाइते,काठमाडौं ल्याइयो
काठमाडौं। खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
आज बिहान काठमाडौंबाट उडेको ‘नाइन एन–एएफक्यु’ हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीमा अवतरणका क्रममा दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा पाइलटसहित ६ जना सामान्य घाइते भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई अर्को हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ।
