सन्दीप लामिछाने ईयू टी–२० बेल्जियम लिगमा खेल्ने

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पहिलो संस्करणको ईयू टी–२० बेल्जियम लिग खेल्ने भएका छन्।
उनीलाई लियज रेड लायन्सले अनुबन्ध गरेको हो।

टोलीले सामाजिक सञ्जालमार्फत सन्दीपलाई आफ्नो टिममा भित्राएको जानकारी दिएको छ।

सन्दीप आबद्ध टोलीमा अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान क्रिस लिनजस्ता खेलाडी पनि रहेका छन्। पहिलो संस्करणको उक्त लिगमा कुल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।