कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको हो। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरि बैठक बोलाइएको जानकारी दिए।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन। यद्यपि कांग्रेसले गत २१ फागुनमा भएको निर्वाचनको समीक्षा गर्ने बुझिएको छ। यसअघि बसेको कार्यसम्पादन बैठकपछि नेताहरूले अब बस्ने बैठकमार्फत समीक्षा गर्ने बताएका थिए । उक्त बैठकले समानुपातिक सांसदहरू छनोट गरेको थियो।
