२ असईसहित २४ प्रहरी सम्पर्कविहीन सेवाबाट हटाउने चेतावनी
काठमाडौं । नेपाल प्रहरीका २४ कर्मचारी सम्पर्कविहीन भएका छन्। दुई जना प्रहरी सहायक निरीक्षक (असई), ६ जना हबलदारसहित २४ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएका हुन्।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २४ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो।
लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने चेतावनी दिइएको छ।


