कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेकै थिएन: शंकर पोख्रेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन्। उनले निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका छन्।

कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको उनलको धारणा छ। सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको पोख्रेलको भनाइ छ।

निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर बढेको उनको बुझाइ छ। अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्।

अबको बाटो सजिलो नहुन सक्छ—राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने उनको भनाइ छ।

लोकपृयतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प पनि नभएको उनले उल्लेख गरेका छन्।