वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन

वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु १३ अर्ब ३६ करोड बढी राजस्व सङ्कलन भएको बताए।

चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन ग¥यो। भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको थियो।

यसैगरी, मङ्सिरमा रु २० अर्ब ८० करोड, पुुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुन रु १९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको छ।