सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको जनाएको हो।

बुधबार २ लाख ८८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। समग्रमा विगत एक सातामा सुनको मूल्य १६ हजार ७ सय रुपैयाँ घटेको छ। गत बिहीबार ३ लाख २ हजा ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबारको तुलनामा चाँदी बिहीबार प्रतितोला १ सय रुपैयाँ घटेको हो। बुधबार प्रतितोला ४ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो । चाँदी बिहीबार ४ हजार ८ सय २० रुपैयाँमा झरेको छ।

गत बिहीबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको हो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार पाँच सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।