प्रधानमन्त्री बालेनको शपथमा ४ पूर्वप्रधानमन्त्री सहभागी,ओली अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री बालेनको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासका आयोजित विशेष शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका छन्।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने समारोहमा सहभागी भएका छैनन्। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेससका पूर्वसभापति शेरबहादुर देउवा भने विदेशमा रहेका छन्।

अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी छन्।