मूलुक द्वन्द्वमा नजाओस्,रगत होइन पसिनाले देश सिंचित गरौं: हर्क साम्पाङ
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्कराज (साम्पाङ) राईले देश फेरि द्वन्द्वतर्फ जान नहुने भन्दै शान्ति, श्रम र उत्पादनको बाटो रोज्न सबैलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मूलुक द्वन्द्वमा नजाओस्, कोही मर्न नपरोस्, देशमा शान्ति छाओस् भन्ने कामना व्यक्त गरेका हुन्। उनले देश रगतले होइन, नेपाली जनताको पसिनाले सिंचित हुनुपर्ने बताएका छन्।
उनले विगतका द्वन्द्व र संघर्षले देशलाई ठूलो क्षति पुर्याएको स्मरण गराउँदै अब नेपाली समाजले हिंसा, द्वन्द्व र विनाशको बाटो होइन, श्रम, उत्पादन, विकास र सहकार्यको बाटो रोज्नुपर्ने बताएका हुन्।
उनले यस्ताे भनेका छन्
मूलुक द्वन्दमा नजावोस् !
कोही मर्न नपरोस् ! देशमा शान्ति छावोस् ! रगतले होइन यो भूमि हाम्रो पसिनाले सिंचित गर्नु पर्छ !
