सुनचाँदीको मूल्य बढ्यो,तोलामा कति पुग्यो ?

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ४ हजार रुपैयाँ बढेको छ । गत आइतबार २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७२० रुपैयाँमा झरेको छ । एक साताअघि गत आइतबार चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।