काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन हुनुभएको छ ।
आज बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो । नेकपाले प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको छ।