आज चैत १६ गते सोमबार,यस्तो छ तपाईको राशिफल
मेष- नयाँ कामको सुरुवात खासै राम्रो देखिँदैन । कार्य क्षेत्रमा हैरानी बढ्न सक्छ भने व्यापारमा घाटा सहनु पर्ने संकेत छ । मनमा द्विविधा रहन सक्छ । सामाजिक क्षेत्रमा भने नाम रहनेछ, तर जागिरमा सतर्क रहनु उचित हुन्छ । स्वास्थ्य सामान्य रहनेछ र आर्थिक लाभसँगै मान सम्मान प्राप्त हुने सम्भावना छ ।
वृष- चल–अचल सम्पत्तिको कारोबार हुने योग छ । वैवाहिक जीवन सुखद रहनेछ र पाहुनाको आगमन हुन सक्छ । प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्नेछ। सहयोग, उपहार तथा यात्राको अवसर मिल्नेछ । गुरुजनको मार्गदर्शन र आफ्नो बुद्धिको प्रयोगले लक्ष्य हासिल गर्न सकिनेछ ।
मिथुन- दैनिक तथा व्यापारिक कामहरू सन्तोषजनक रूपमा सम्पन्न हुनेछन् । विदेशबाट आम्दानीको सम्भावना छ । परोपकार प्रति रुचि बढ्नेछ । मित्रजनसँग भेटघाट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ । नसोचेका कामहरू पनि पूरा हुने संकेत छन् ।
कर्कट- खर्च र विवाद बढ्ने सम्भावना छ । शत्रुबाट पनि समस्या आउन सक्छ, त्यसैले सतर्क रहनुहोस् । भौतिक साधनमा क्षति हुन सक्ने भएकाले सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनुहोस् । खानपानमा ध्यान दिनु आवश्यक छ । अनावश्यक झमेलाबाट टाढा रहनु राम्रो हुन्छ ।
सिंह- आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ । प्रयास गरेका काम ढिलो भएपनि सफल हुनेछन्। धन तथा मान सम्मानमा वृद्धि हुने सम्भावना छ । महत्वपूर्ण व्यक्तिहरूसँग भेटघाट हुन सक्छ । सहयोगीहरूको साथले कठिनाइ पार गर्न सकिनेछ।
कन्या- धन लाभको योग छ । नयाँ साथीहरूसँग परिचय र रमाइलो यात्राको सम्भावना छ। काममा सफलता मिल्नेछ र पुराना कामहरू पूरा हुनेछन् । आम्दानी बढ्नेछ र रोकिएको पैसा प्राप्त हुन सक्छ।
तुला- नयाँ काम र आम्दानीको अवसर मिल्नेछ, विशेष गरी कृषि क्षेत्रमा लाभ हुनेछ । तर आज नयाँ काम सुरु नगर्नु राम्रो हुन्छ । टाढाको यात्रा हुन सक्छ । लेनदेनमा सावधानी अपनाउनुहोस् । पाहुनाको आगमन र धन लाभको योग छ ।
वृश्चिक- अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ, त्यसैले खानपानमा विशेष ध्यान दिनुहोस् । प्रेम सम्बन्धमा धोका हुने सम्भावना छ । साना काममै समय बित्नेछ र सहयोग पाएपनि काम पूरा गर्न कठिनाइ हुनेछ।
धनु- सहयोगको आशा देखाउने व्यक्तिबाट धोका हुन सक्छ, त्यसैले सजग रहनुहोस् । मनमा द्विविधा रहनेछ । काममा सफलता र उन्नतिको अवसर मिल्ने संकेत भएपनि स्वास्थ्यमा कमजोरी देखिन सक्छ । आहार विहारमा ध्यान दिनु आवश्यक छ।
मकर- आम्दानी खर्चभन्दा बढी हुनेछ । धन आर्जनका नयाँ अवसरहरू खुल्नेछन् । वैदेशिक क्षेत्रमा लगानी लाभदायक हुनेछ । परिवारका इच्छाहरू पूरा गर्न सकिनेछ। अध्ययनमा सफलता र धार्मिक कार्यमा रुचि बढ्नेछ।
कुम्भ- कामहरू सजिलै सम्पन्न हुनेछन् । इच्छा शक्ति बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ । विपरीत लिङ्गीको सहयोग प्राप्त हुनेछ । आम्दानीका अवसरहरू बढ्नेछन् र पारिवारिक सुख प्राप्त हुनेछ।
मीन- वादविवादको सामना गर्नुपर्नेछ । पेशागत रूपमा समस्या देखिन सक्छ। परिवारमा मनमुटाव बढ्न सक्छ । प्रयास गरेपनि अपेक्षित सफलता नआउन सक्छ। विश्वास गरेका व्यक्तिबाट धोका हुन सक्ने भएकाले सावधान रहनुहोस्।
