रास्वपा समर्थकले ज्यान मार्ने र घर जलाउने धम्की दिएको हर्क साम्पाङको दाबी
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकले आफूलाई मार्ने र घर जलाउने धम्की दिएको बताएका हुन । उनले राखेको स्क्रिन सटमा ‘सुनिता खड्का’ नामको आईडी रहेको छ ।
आफूले प्रतिपक्षको भूमिका निभाइरहेको सन्दर्भमा यस्तो धम्की आएको भनदै उनले धम्की दिनेविरुद्ध आजै सीआईबीमा उजुरी दिने तयारी गरिरहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘मैले प्रतिपक्षको भूमिका निभाउँदै गर्दा रास्वपाका समर्थकले मलाई ज्यान मार्ने र मेरो घर जलाउने धम्की दिएको छ । यही हो त रास्वपाको समर्थकको लाइन ?आजै सीआईबीमा उजुरी लगाउँदैछौँ! हेरौँ सीआईबीले काम गर्छ कि गर्दैन ! सरकारको एक पक्षीय दादागिरी रहे देश अराजकताले निल्नेछ !
साथै उनले प्रधानमन्त्री बालेन नेतृत्वको सरकारलाई जनताको प्रश्नदेखि किन डराको ?भन्दै संसद बैठक बोलाउन माग गरेका छ्न् । अर्को पोस्टमा उनले– ‘प्रतिपक्षले बोल्दा रिसाउने तिमी को हौ? प्रतिपक्ष दलको नेताले तिम्रा पार्टीका सरकारले गरेको काम बारे प्रश्न तेर्साउँदा र स्पष्टीकरण माग्दा रिसाउने तिम्रो लोकतन्त्र कस्तो ? भन्दै प्रश्न तेस्र्याएका छन्।

