प्रदेश खारेज गर्न हामीले सहयोग गर्छौं: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले सरकारसँग प्रदेश संरचना खारेज गर्ने प्रस्ताव ल्याउन माग गर्दै बहुमत नपुगे आफूहरूले सहयोग गर्ने बताएका हुन्।

उनले भने,देशमा आज ८८४ जना सांसदहरू छौँ, एक वर्षमा एक खर्ब रुपैयाँ प्रदेश संरचना पाल्नुपर्ने अवस्था छ। यो राजनीतिक दलका कार्यकर्तालाई सेटलमेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ। यदि, बहुमत पुगेन भने हामीले पनि थप गर्छौँ । १८४ चाहिन्छ,१८७ पुर्‍याउँछौँ।

संसद् शाहीले वार्षिक एक खर्ब रुपैयाँ जनताको पैसा प्रदेश संरचनाको नाममा खर्च भइरहेको उल्लेख गर्दै यसलाई बचाउन सरकारसँग आग्रह गरे।