रौतहटको मालपोत कार्यालयबाट चार बिचौलिया पक्राउ
काठमाडौं । रौतहटको गौरमा रहेको भूमि सुधार तथा मालपोत कार्यालयबाट प्रहरीले चार जना बिचौलिया पक्राउ गरिएको छ ।
सरकारले कार्यालयमा बिचौलियालाई प्रवेश निषेध गर्न पत्राचार गरेपछि प्रहरी आज मालपोत कार्यालय पुगेको थियो । त्यहाँ कार्यालयमा सेवाग्राहीसँग रकम लिएर काम गराउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
रामनरेश कुमार, सञ्जय कुमार, सिकित नारायण र बब्लु प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

