जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूसँग काठमाडौं मेडिकल कलेजमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
पूर्वसांसद डा.सुनिल शर्माले निःशुल्क उपचार सेवा दिँदै आएको केएमसी अस्पतालमा बिहीबार राति पुगेर गृहमन्त्रीले घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। अधिकांश घाइतेहरुको निःशुल्क उपचार गरेको भन्दै केएमसीका सञ्चालक डा। शर्मालाई गृहमन्त्री गुरुङले धन्यवादसमेत दिए।
गृह मन्त्रालय सम्हालेकै दिनदेखि निरन्तर काममा देखिएका मन्त्री गुरुङले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेलगत्तै केएमसी अस्पताल पुगेका थिए। डा.शर्मालाई भेटेर उनले घाइतेहरूको अवस्थाको बारेमासमेत जानकारी लिएका थिए।
अधिकांश घाइतेहरू डिस्चार्ज भइसकेका छन् भने केही घाइतेहरू अझै होसमा नआएकाले अस्पतालमै राखेर निःशुल्क उपचार भइरहेको डा। शर्माले बताए।
