यूएईको आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ जना नेपाली घाइते
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये ६ जना सामान्य छन् भने एकजनाको अवस्था गम्भीर छ।
अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि अवशेष खसेको गल्फ न्यूज डटकमले जनाएको छ। घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको पनि समाचारमा उल्लेख छ।
यूएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणालीले मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरेको जनाएको छ। ती अवरोधका क्रममा खसेका अवशेषले अज्बान क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ।
यसअघि गएको फागुनमा इरानको ड्रोन हमलामा परी यूएईमा एकजना नेपालीको ज्यान गएको थियो।
