निर्वाचनमा रोकिएको मतदाता नामावली संकलन कार्य भोलिदेखि सुरु हुँने

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुन: सञ्चालन गर्दैछ। आयोगको यही चैत १८ गतेको बैठकले उक्त कार्यक्रम पुन: थाल्ने निर्णय गरेको हो।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय परिचयपत्र नबनाएकाले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रविष्ट गर्नुपर्ने छ। प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गर्न सकिने छ।