यूएईमा ड्रोन अवशेष खस्दा घाइते भएका सबै नेपाली खतरामुक्त
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे यूएईस्थित नेपाली दूतावासले जानकारी दिएको छ।
दूतावासले घाइतेहरूसँग सम्पर्क गरेर उनीहरुको अवस्थाबारे जानकारी लिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा गरेको मन्त्रालयले जनाएको छ।
शुक्रबार घाइते भएका भएकामध्ये एक जनाको अवस्था चिनताजनक भनिए पनि सातै जना खतरामुक्त रहेको पाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। सबैसँग सम्पर्क भइसकेको छ। एक जनाको हातमा चोट लागेको थियो तर खतरामुक्त रहेको जानकारी आएकोछ’,उनले भने,अन्य के सहयोग गर्न सकिन्छ भनेर दूतावास परिचालित भएको छ।
दुई जना उपचारपश्चा डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँचजनाको उपचार भइरहेको छ। यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको लिएर उनीकहरुको अवस्थाबारे जानकारी लिएको हो।
