आज चैत २२ गते आइतबार,यस्तो छ तपाईको राशिफल

मेष- पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्नेछ । व्यापारमा सोचे अनुसारको फाइदा हुनेछ । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यवसायमा प्रगति हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय भएकाले प्रयास गर्नुहोस् । तर पढाइमा भने आज खासै प्रगति नहुन सक्छ ।

वृष- वाहन वा चौपाया प्राप्त हुने तथा नयाँ सामान खरिद गर्ने योग छ । आकस्मिक रूपमा सफलता वा असफलता मिल्ने समय छ । रुपैयाँ पैसाको कारोबार हुने दिन छ । गरेका कामहरू सफल हुनेछन् र अधुरा कामहरू पनि पूरा हुनेछन् । तर पैसा अनायासै खर्च हुन सक्छ ।

मिथुन-अनावश्यक डर र वादविवाद हुन सक्ने भएकाले समय खासै राम्रो छैन । गरेका कामहरू अधुरा रहन सक्छन् र स्वास्थ्यले पनि साथ नदिन सक्छ । कसैसँग सामान्य विवाद हुन सक्छ । झैँझगडाको सम्भावना छ, मनमा डर बढ्न सक्छ । सावधानी अपनाएर काम गर्नुहोस् ।

कर्कट- घर परिवारमा खटपट हुन सक्ने र व्यवहारिक समस्याले सताउने सम्भावना छ । कामहरू अधुरा रहनाले मन खिन्न हुन सक्छ । परिवारबाट अपेक्षित सहयोग नपाइने देखिन्छ । केहीले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउने मिश्रित समय छ । प्रशस्त पैसाको कारोबार हुनेछ ।

सिंह- घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ र दिन रमाइलोसँग बित्नेछ । रोकिएका कामहरू पूरा हुनेछन् र व्यवहारिक समस्याको समाधान हुनेछ । दिन सामान्यतया राम्रो छ । नयाँ काम सुरु गर्ने समय छ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुँदा मन प्रसन्न हुनेछ ।

कन्या- कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने सम्भावना छ । दान पुण्यमा रुचि बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । सोचेभन्दा बाहिरबाट आर्थिक लाभ मिल्न सक्छ । साथीभाइसँग छलफल हुँदा धन लाभका नयाँ बाटा खुल्नेछन् ।

तुला- स्वास्थ्यमा समस्या आउन सक्छ र उपचारमा खर्च बढ्न सक्छ । गरेका कामहरू ढिलाइ हुन सक्छन् र मेहनत अनुसार फल नपाइने सम्भावना छ । कार्यमा बाधा आउनुका साथै आर्थिक हानी हुन सक्छ । रोगका कारण धन नोक्सान पनि हुन सक्छ । सुख शान्ति भने सामान्य रूपमा रहनेछ ।

वृश्चिक- जाँगरमा सुधार आउनेछ र आफन्तको सहयोगले रोकिएका कामहरू पूरा हुनेछन् । प्रयास अनुसार सफलता मिल्नेछ र समस्याहरू समाधान हुनेछन्। अन्न तथा धनको लाभ हुनेछ । आर्थिक पक्षमा प्रगति हुनुका साथै मिल्ने साथीहरूसँगको भेटघाटले मन प्रसन्न हुनेछ ।

धनु- उद्योग वा कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ । समस्याहरू आफैँ समाधानतर्फ जानेछन् । धैर्य राख्न सके अझ राम्रो परिणाम प्राप्त हुनेछ । परिश्रमले राम्रो आर्थिक लाभ र प्रगतिको सम्भावना छ । सुख शान्ति प्राप्त हुनेछ ।

मकर- लामो यात्राको योजना अघि बढ्नेछ । साथी तथा परिवारबाट सुख शान्ति प्राप्त हुनेछ । यात्राका लागि अनुकूल समय छ । तर कृषि कर्म र व्यवसायमा केही चुनौती आउन सक्छ । अनौठो तथा लाभदायक यात्राको योग छ । सामान बिग्रन सक्छ र परिवारमा हल्का विवाद हुन सक्छ।

कुम्भ- सोचे अनुसार काम नहुन सक्छ र दिएको पैसा फिर्ता नआउने सम्भावना छ । परिवारबाट अपेक्षित सहयोग नपाउँदा व्यवहारिक काममा कठिनाइ हुनेछ । खर्च बढी हुने भएकाले मन अशान्त रहन सक्छ । सामान्य स्वास्थ्य समस्या पनि देखिन सक्छ । सुख शान्ति भने सामान्य रहनेछ।

मीन- दिन अलमलपूर्ण हुन सक्छ र काममा मन नलाग्न सक्छ । प्रयास गरेमा केही काम पूरा हुनेछन् र समस्याको समाधान पनि हुनेछ। परिवारबाट सुख प्राप्त हुनेछ। प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव रहन सक्छ । सोचेका कामहरू पूर्ण रूपमा सफल नहुन सक्छन्।